४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

जेन-जी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका कैदी रौतहटबाट पक्राउ

फाइल फोटो

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा काठमाडौँको जगन्नाथदेवल कारागारबाट फरार एक कैदीलाई सशस्त्र प्रहरीले रौतहटबाट पक्राउ गरेको छ।

लागूऔषध मुद्दामा सजाय भोगिरहेका रौतहट चन्द्रपुर नगरपालिका-४ ठाडा टोलका २७ वर्षीय सागर खातीलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। जेन-जी आन्दोलनका बेला खाती फरार भएको प्रहरीले जनाएको छ। फरार रहेका खातीलाई सुरक्षाकर्मीले खोजी गरिरहेको थियो। निर्वाचन क्षेत्र- ४ सुरक्षा बेस, सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको नेतृत्वमा खटिएको टोलीले खातीलाई चन्द्रनिगाहपुर चोकबाट नियन्त्रणमा लिएको हो।

खातीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा बुझाइएको सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्