मानव बेचबिखनविरुद्धको अभियान सफल बनाउन सबै क्रियाशील भएर लाग्नुपर्छ: प्रधानमन्त्री ओली
२० भदौ २०८१, बिहिबारप्रधानमन्त्री ओलीले बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्ने नीति लिएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट
२० भदौ २०८१, बिहिबारराष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने धारणा व्यक्त गरे ।
कर्मचारीको अमेरिका भ्रमण रद्द गरिएकोप्रति माओवादी सांसद राईको आपत्ति
२० भदौ २०८१, बिहिबारप्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद दुर्गा राईले राजनीतिक प्रतिशोधका आधारमा अमेरिका भ्रमण अन्तिम समयमा आएर अस्वीकृत गरिएको टिप्पणी गरिन् ।
एमाले २०८४ मा बलियो शक्तिका रूपमा स्थापित हुन्छ: महासचिव पोखरेल
२० भदौ २०८१, बिहिबार०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने उनको भनाइ छ ।
तीन हिमाल आरोहणका लागि १३१ जनाले लिए अनुमति
२० भदौ २०८१, बिहिबारतीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् ।
सहकारी समस्या छानबिन समितिले गर्यो वकिलसँग छलफल
१९ भदौ २०८१, बुधबारबैठकमा अधिवक्ताहरू गान्धी पण्डित, स्वागत नेपाललगायतका वकिलहरू समितिको बैठकमा सहभागी छन् ।
काठमाडौँ महानगरले गर्यो पलेसालाई पाँच लाखसहित सम्मान
१९ भदौ २०८१, बुधबारमहानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले आज पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई पाँच लाख र प्रशिक्षक कविराज नेगीलाई तीन लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।
साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभको नेतृत्व हस्तान्तरण, अध्यक्षमा महाप्रसाद
१९ भदौ २०८१, बुधबारनेतृत्व हस्तान्तरणसँगै बैङ्कका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन भएका छन् ।
जलवायु अनुकूलित पूर्वाधार विकास अहिलेको आवश्यकता : खानेपानी मन्त्री
१९ भदौ २०८१, बुधबारमन्त्री यादवले जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता रहेको बताउँदै हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्याहरूलाई समेटेर एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययनको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे ।
काठमाडौँमा दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायको १२ औँ सम्मेलन सुरु
१९ भदौ २०८१, बुधबारउद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताए ।
खानेपानी तथा सरसफाइका समस्याको दीर्घकालीन समाधान खोज्न नीति बहस
१८ भदौ २०८१, मङ्गलबारआचार्यले महानगरले फोहोरबाट ग्यास निकाल्ने प्रक्रिया, ल्यान्डफिल्ड साइटहरूको उचित व्यवस्थापन, र फोहोर व्यवस्थापनमा सक्रिय रूपमा काम गर्दै आएको बताए ।
लेखा समितिले धितोपत्र बोर्डलाई दिएको निर्देशनविरुद्ध अर्थ समितिमा उजुरी
१८ भदौ २०८१, मङ्गलबारलेखा समितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ रु ९० भन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक सेयर (आइपिओ) जारी गर्ने व्यवस्था मिलाउन भनेको थियो ।
बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुनिताले भनिन्, जनता आतङ्कित पार्ने सूचना किन जारी भयो ?
१८ भदौ २०८१, मङ्गलबारबागमती नदी संरक्षणसम्बन्धी मुद्दामा सर्वोच्चको आदेशको पूर्णपाठ लगत्तै महानगरपालिकाले मेयरस्तरीय निर्णयबाट बागमती र विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरपर निर्माण निषेध भएको सूचना जारी गरेको थियो ।
वार्षिक कार्य योजना बनाउन एमाले पोलिटब्युरो बैठक सुरु
१८ भदौ २०८१, मङ्गलबारबैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्य योजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने एमाले प्रचार विभागका सचिव गगन विष्टले बताए ।
मौलिक हकलाई कार्यान्वयन गर्दै 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री
१८ भदौ २०८१, मङ्गलबारसंविधान बन्नुअघि नै संसदबाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको जनाउँदै उनले यसलाई सानो उपलब्धि मान्न नसकिने भनाइ राखे ।
कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ
१८ भदौ २०८१, मङ्गलबारकतार र नेपालबीच भएका श्रम सम्झौता पुनर्लेखन र नवीकरण गर्दा देखिएका समस्या समाधानका प्रावधान समावेश गर्ने अधिकतम प्रयास गर्ने उनले बताए ।
दसैँमा सर्वसाधारणले नयाँ नोट नपाउने
१८ भदौ २०८१, मङ्गलबारपुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बैंकले बताएको छ ।
सार्वजनिक बिदामा ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन
१८ भदौ २०८१, मङ्गलबारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।
नीतिगत सुधारमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल
१८ भदौ २०८१, मङ्गलबारचालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।
बालश्रममा लगाउने ३५ उद्योग तथा रोजगारदातालाई कारबाही
१८ भदौ २०८१, मङ्गलबारआर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बाल श्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो ।