१० असोज २०८३, शनिबार
26 September , 2026,Saturday

आदिवासी आन्दोलनका अगुवा राजभण्डारीको निधन, नेफिन परिवार शोकमा

तस्बिरः नेफिन

काठमाडौं, १० असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का उपाध्यक्ष तथा नेवाः देय् दबूका सल्लाहकार चन्द्रलाल राजभण्डारीको निधन भएको छ। भारतको नयाँ दिल्लीमा उपचारका क्रममा राजभण्डारीको निधन भएको हो।

राजभण्डारीको निधनप्रति नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) तथा सम्बद्ध संस्थाहरूले दुःख व्यक्त गरेका छन्।

राजभण्डारीको निधनप्रति नेपाल आदिवासी जनजाति महासंघले शनिबार शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। नेफिन संघीय परिषद् सचिवालयले आफ्नो कार्यालयमा स्वर्गीय राजभण्डारीको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।

त्यसअघि नेफिनले बिहान जुममार्फत बैठक आयोजना गरी राजभण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। 

स्वर्गीय राजभण्डारीले आदिवासी जनजाति समुदायको अधिकार, पहिचान तथा सामाजिक उत्थानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। उनको योगदान आदिवासी जनजाति आन्दोलनका लागि स्मरणीय र प्रेरणादायी रहने नेफिनले जनाएको छ।

उनको निधनले नेपालका आदिवासी जनजाति अधिकारको आन्दोलन तथा त्यससँग सम्बन्धित संघसंस्थामा अपूरणीय क्षति पुगेको नेफिनको भनाइ छ।

स्वर्गीय राजभण्डारीका श्रीमती, एक छोरा, दुई छोरी, ज्वाइँ तथा चार जना नातिनातिना रहेका छन्। उनको अन्त्येष्टि शनिबार भारतमै गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्